ad1

Friday, August 18, 2017

बैंक अफ काठमाडौंका सिईओमा पन्त नियुक्त


भाद्र २, २०७४- बैंक अफ काठमाडौं लिमिटेडले शोभनदेव पन्तलाई चार वर्षको लागि प्रमुख कार्यकारी निर्देशक (सिईओ) पदमा नियुक्त गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पन्तलाई नियुक्त गर्ने निर्णय गरेको बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ । उनले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक मर्ज हुनुअघि पन्त लुम्बिनी बैंकका सिईओ थिए ।

पन्त यसअघि नविल बैंक र नेपाल बंगलादेशको समेत सिईओ भइसकेका छन् ।

No comments:

Post a Comment