भाद्र ८, २०७४- पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा भएको मोटरसाइकल दूर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको पर्रोहा बस्ने २१ वर्षीय खेमराज थापा, नवलपरासीको रामग्रामका २५ वर्षीय सुरज चौधरी, नवलपरासी सुनवलका २४ वर्षीय दिवाकर यादव र बुटवल १६ का २४ वर्षीय सुमन कुँवर रहेका छन् । खेमराज र सुरज मोटरसाइकलका चालक हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार २ जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्त दुईविपरीत दिशाबाट आइरहेका लु २३ प, १०२८ नं को मोटरसाइकल र लु ३३ प, ७०८३ नं को मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment