ad1

Friday, August 25, 2017

अनशन स्थगन गरेर तराई झरेका डा केसी दलित बस्तीमा उपचार गर्दै


भाद्र ९, २०७४- हातमा केनुला लगाएकै अवस्थामा प्रा डा गोविन्द केसी यहाँको दलित बस्तीका बाढीपीडितलाई शुक्रबार स्वास्थ्य उपचार सेवा दिइरहेका छ्न् । अनुहार र शरीर पसिनाले भरे पनि केसीको अनुहारमा एउटा अनौठो मायालाग्दो भाव देखिन्छ । उनले ११ औं पटकको अनशन २३ औं दिनमा स्थगन गरेपछि ९ दिन मात्र आराम गरेर स्थानीयको उपचारको लागि पुगेका हुन् ।

यहाँको स्थानीय पौडा, वान्द्रा खोलाको पानी बस्तीको हरेक घरमा पसेको थियो । हाल स्थिति सामान्यतर्फ फर्कन लागे पनि स्थानीय बाढीको भोगाईले थलिएका छन् ।
डा केसी बिहीबार यहाँ आएका हुन् । आउनुअघि उनलाई पेट दुखाईको समस्या देखिएपछि केही घन्टाको उपचार विश्रामपछि उनी दिउँसो गन्तव्यतिर लागेका हुन् ।

बिहीबार राति कञ्चनरूपको बसाईस्थलमा उनलाई पानि चढ़ाइएपछि शुक्रबार बिहानदेखि स्वास्थ्य उपचारमा लागिपरेका छ्न् ।

डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्यता रहेको यो बस्तीको जनसंख्या करिब साढे ४ हजार छ । स्थानीय ७४ वर्षीय भोला चौधरी बाढीको समय लडेर खुट्टामा आएको चोट पटकको उपचार गराएर औषधि समेत लिएर फर्के । उनले आफू डा. केसीको नाम पहिलेदेखि नै सुनेको र आज भेट्न पाएको बताए ।

हाल स्वास्थ्य शिविरमा करिब ५०० जनाको भीड छ ।

डा केसीले उपचारपछि दलित समुदायका महिला, बालबालिका, बूढापाकाहरूलाई घोती, सारी, लुगाफाटा चकलेट समेत दिने गरेका थिए ।

No comments:

Post a Comment