वण ३१, २०७४- बाढी पहिरोलगायत मुलुक को जटिल अवस्थालाई औल्याउँदै डा. गोविन्द केसीले २३ दिन लामो अनशन स्थगित गरेका छन् । उनले सरकारले आफ्नो माग पुरा नगरे मुलुकको स्थिति सहज हुनासाथ पुन सत्याग्रह गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन आयोजना गरी अनसन स्थगित गरेको बारेमा जानकारी दिएका हुन् । पत्रकार सम्मेलन सकिएलगत्तै उनलाई आईसीयूमा लगिने बताइएको छ ।
बाढी पहिरोले मुलुकमा समस्या आएकोले आफनो माग पुरा नभएपनि डा. गोबिन्द केसीले आज साँझ अनसन स्थगित गर्ने भएका छन् ।
माथेमा कार्यदलले दिएको सुझावको आधारमा चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितताको हटाउनु पर्ने, आइओएम र मातहतमा रहेका शिक्षण अस्पताल सुधार हुनु पर्ने लगायतका माग राखेर २३ दिन देखि अनसनमा छन् ।
‘तराईमा बाढीले डुबानमा परेकोले अनसन स्थगित गर्न लाग्नु भएको हो,’ अनसनस्थलमा रहेका केसीको आफन्त अनिल कार्कीले भने, ‘बाढीले गर्दा उपचार नपाएर मृत्यु भएको बालकलाई नदीमा बगाएको फोटो देखेर उहाँ चिन्तित हुनुभयो । अनि अनसन स्थगित गर्ने निर्णय गर्नु भएको हो ।’
उनको स्वास्थ्य अवस्था सोमबारदेखि थप समस्या देखिएपछि मंगलबारदे आइसियूका टीम समेत खटिएका थिए । मंगलबार उनको रक्तचाप कम भएपछि स्लाईनको मात्रा बढाइएको उपचारमा खटिएका चिकित्सकले जानकारी दिए ।

No comments:
Post a Comment