ad1

Monday, August 7, 2017

आज गाईजात्रा

श्रावण २४, २०७४- आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै सोमबार साँझदेखि सुरु भएको छ ।

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरु हुने संस्कृतिकर्मी ओम द्यौभडेलले बताए । बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसी दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठन्डौं, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ । जनैपूर्णिमामा निकालिएको घिन्ताङ घिसीले वर्षदिनभित्र मरेका आफन्तको सम्झनामा गाईजात्रा निकाल्न सूचना प्रदान गरेको उनी बताउँछन् ।
गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यंग्यात्मक हुने र ‘घिन्तात्वाङ, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घ्यान्ताङ घिसी नाचको बढी चर्चा हुने गर्छ । 

घिन्ताङ घिसी दुई समूह वा दुई जनाबीच लड्डी जुधाएर नाच्ने गरिन्छ । वर्ष दिनभित्र मरेका आफन्तको दिवंगत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर बैतरणी तर्दै स्वर्ग जाऊन् भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ । गाईजात्रा पर्व विक्रमको १४ औं शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर सुरु भएको संस्कृतिकर्मी द्यौभडेल बताउँछन् । 

No comments:

Post a Comment