जनकपुरधाम । जनकपुरमा मंगलवार दिनदहाडै एक बालिकालाई बलात्कारपछि हत्या गरिएको छ । ..
जनकपुर उपमहागरपालिका–१ धराकवन टोल बस्ने कृष्णदेव साहका १२ वर्षिया छोरी बिविका कुमारी साहको बालात्कारपछि हत्या गरिएको जनाइएको छ ।
घरमा केही नरहेको मौका छोपी साहकै घरमा डेरा लिई बस्दै आएका धनुषा बहेडाबेला बस्ने २९ बर्षिय रामचन्द्र महतोले आफनो कोठामा सुतिरहेकी अवस्थामा बालिका साहकी हत्या गरेको प्रहरीले जनाएको छ ।
आरोपी महतोकी श्रीमति बबिता कुमारी महतो र मृतककी आमा(घरबेटी) बिमला कुमारी साह ब्युटी पार्लमा गएको मौका छोपी महतोले बालिका साहको हत्या गरेको वडा प्रहरी कार्यालय रेल्वेका इन्चार्ज प्रहरी नायब निरिक्षक सुरेश ठाकुरले बताए ।
मृतकका बहिनी तथा प्रत्यक्षदर्शी पुष्पा साहले घरको कामकाज गरी आफनो कोठामा दिदी सुतिरहेकी थिएन, आफू र कान्छो भाई दैलोमा खेलिरहेको थिए । त्यसै बखत भाडामा बस्ने रामचन्द्र महतो आफूहरुलाई पसलबाट सुर्ती ल्याइदिन भनेपछि पसल गएका थियौँ, तर पसलबाट आएपछि कोठा बन्द भित्रैबाट गरिएको थियो, दिदी चिच्याइरहेकी थिइन ।’ भित्र के भइरहेको छ, दिदी किन रोएकी होली दिदी भनेर सोचीरहे, केही बेरपछि चिच्चयाहट बन्द भयो ।
त्यसपछि आमाको पखाईमा सडकको छेउमा बसिरहेका थिए, उनले भनिन्,‘ आमा र बबिता सँगै आउदै गरको देखेर काका (रामचन्द्र)ले दिदीलाई कोठा बन्द गरि कुटपिट गरेको कुरा बताइन ।’ आमाले छिमेकीहरुलाई समेत हल्ला गरि बोलाएर घर खोलाएपछि दिदिलाई हत्या गरि घरमा रहेको पेटी ट्रंक (बाकस)मा साडीले छोपेर राखेको अवस्थामा फेला परेको उनले बताईन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपित रामचन्द्र महातोलाई नियन्त्रणमा लिएको छ । महतोको स्वास्थ्य अवस्था ठिक नभएको तथा उपचारको लागि प्रहरीको निगरानीमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ । महतोकी श्रीमती बबितालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी उपरीक्षक(एसपी) लालमणि अर्चायले प्रराम्भिक अनुसन्धानमा बलात्कार गरि हत्या गरेको देखिएको बताए ।
उनले घटनाको अनुसन्धान भईरहेको र छिटै वास्तविकता सार्वजनिक गर्ने उनले बताए ।

No comments:
Post a Comment