काठमान्डौँ । मधेसी युथ थिँक टयान्कका अध्यक्ष डा. विनय पँजियारले आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको चुनाव सारिनुपर्ने जिकिर गरेका छन् ।
पँजियारले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशमा राष्ट्रीय आपतकाल घोषणा गरि निर्वाचन सारिनुपर्ने माग गरेका छन् ।
श्रावण २७ गते बाट भएको अबिरल बर्षाले तराई मधेशमा आएको बाढ़िले सयौँ ब्यक्तिले ज्यान गुमाउइसकेको,अरबौको जन–धनको क्षतिले गर्दा मधेशमा वासोवास गर्ने सम्पूर्ण जनताको जनजीवन आक्रांत बनेको छ। देशको आधा भन्दा बढ़ी जनसंख्या वसोवास गर्ने भूमिमा राष्ट्रिय आपतकाल घोषणा गर्नु सरकारको दायित्व हो।– प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मधेशको सम्पूर्ण भूभाग जलमग्न भएको तथा जनताहरुले हप्तौदेखि केहि खान नपाएर घरवार बिहीन भएको भन्दै यस्तो अवस्थामा कुनै पनि हालमा चुनाव गर्न नमिल्ने बताईएको छ ।
अध्यक्ष पंजियारले यस्तो जलमग्न अवस्थामा जहाँ व्यक्ति शारिरिक र मानसिक रूपमा तनावमा छन् र सरकारद्वारा हुनसक्ने क्षतिपूर्ति र राहतको लागि पर्खेर बसेका छन्,त्यस्तो अवस्थामा मधेशमा कुनै पनि हालतमा चुनाव गराउन न मिल्ने बताएका छन्।
यसका साथै चाडै यो माग राखेर निर्वाचन आयोग र नेपाल सरकारलाई ज्ञापन पत्र दिने मधेशि यूथ थिंक टैंक का महासचिब डॉ खगेन्द्र झा ले जानकारी दिएका छन्।
तराई मधेसको वर्तमान अवस्था र यथास्थितिमा निर्वाचन कुनै पनि हालतमा गर्न नमिल्ने कुरामा अध्यक्ष डॉ पंजियारले अडान लिएका छन्।

No comments:
Post a Comment