ad1

Wednesday, August 16, 2017

बाढी, पहिरोमा १२० जनाको मृत्यु, ५३ वेपत्ता


 काठमाण्डु । बाढी पहिरोमापरि १ सय २० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएकोछ ।मन्त्रालयका अनुसार ५३ जना अझै वेपत्ता रहेका छन र ३० जना घाईते भएकाछन ।वेपत्ताहरुको खोजी र राहतको कार्य सुरु भएको बताइएकोछ ।

 बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख र फुसका घर बगेको अथवा भत्केकोलाई १५  हजार रुपैया उपलब्ध गराउने मंगलवार बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको कृषि विकास मन्त्री रामकृष्ण यादवले जनाए ।

‘सरकारले   राहत बितरण कार्यलाई तिब्र बनाउन सुरक्षाकर्मी लगायतका निकायहरुलाई निर्देशन दिएकोछ’उनले भने–राहतमा राज्यका सबै साधन, स्रोतहरु परिचालन गरिएकोछ ।
बाढी पीडित परिवारमा रोगको संक्रमण नफैलियोस भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन गरिएको बताइएकोछ ।

सप्तरी जिल्लामा नेपाल प्रहरीको स्वास्थ्य शिविर सुरु भएकोछ । 
मध्य तराईमा राहत बितरणका लागि जनकपुर केन्द्र बनाइएकोछ ।त्यहाँबाट तीन वटा हेलिकोप्टर, नेपालगञ्ज आधार बनाएर एउटा हेलिकोप्टर परिचालन गरिएको गृह मन्त्री जनार्दन शर्माले जनाए ।संसदमा उनले मंगलबार दिएको जानकारी अनुसार राहत पु¥याउने कार्य भइसकेपछि बुधबारदेखि बितरण सुरु गर्ने जनाए ।

सरकारले राहत बितरणमा एकद्वार प्रणाली लागु गरेकोछ ।राहत बितरणमा समाजिक संघसंस्थाहरुको सहभागिता कमै मात्र देखिएकोछ ।बाढी पिडितहरुको राहत कोषमा करिब साढे दुई अर्ब रकम जम्मा रहेकोछ ।

सरकारी स्तरबाट पठाइएको राहतमा सुख्खा खाद्य सामग्रीहरु (ड्राई फ्रुट),पानी निर्मलीकरण गर्ने औषधी रहेका छन ।त्रिपाल प्रयाप्त मात्रामा पठाउन सकिएको छैन ।घरबार बिहिन भएर खुल्ला आकाशमुनी बस्न बाध्य भएकाहरुलाई त्रिपाल उपलब्ध गराउनु आवश्यक भएको सप्तरीका प्रहरी प्रमुख मुकेश सिंहले जनाए ।

धनुषा, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, बारा, पर्सा, मोरंग लगायतका जिल्लाहरुमापनि राहत बितरण सुरु भइसकेकोछ ।तर पिडीतहरुलाई उपलब्ध गराइएको राहत सामग्री तत्कालका लागि मात्र रहेको प्रभावितहरुले जनाएकाछन । 

हेलिकोप्टरबाट मंगलबार राहत सामग्री ओसार्ने काम दिनभरि नै भएकोछ । बाँके बर्दियमा र दांगका बाढी प्रभावित क्षेत्रहरुमापनि राहत बितरण सुरु गरिएकोछ ।मोरंग, सुनसरी र झापामा पनि राहत बितरण सुरु भइसकेको अधिकारीहरुले जनाएकाछन ।राहत लिन पिडितहरु अन्यत्र जान सक्ने अवस्था नरहेकाले ठाउँमै पु¥याउन थालिएको अधिकारीहरुले जनाएकाछन । 

No comments:

Post a Comment