सिरहाको बसपिट्टा गाउँ नजिकैको तटबन्ध कटान सुरु गरेपछि गाउँ नै डुबाउने खतरा बढेको स्थानीय बासिन्दा दिनेश यादबले जनाए । उनले बाँध कटान रोक्न स्थानीय प्रशासनले आवश्यक कदम चाल्नुपर्ने देखिएको बताए ।
बाँध कटान हुन नदिन बनाएको स्परहरु समेत कमला नदीको बाढीले हल्लाइरहेको छ । तारभित्र ढुंगा हालेर बनाएको स्पर तलको माटो बाढीले बगाएपछि स्परपनि बगाउने खतरा बढेकोछ । ‘स्परहरु बगायो भने बाँध भत्किने खतरा बढ्छ’ उनले भने– बाँध भत्कियो भने बसपिट्टा, मल्हनिया गम्हरिया, माडर, रमौल र सिरहा सदरमुकामका करिब १० हजार बढी घर डुबानमा पर्नेछ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बाँध कटान हुन नदिन नेपाली सेना र प्रहरी खटिसकेको जनाए । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुरले बाँध कटान गरिरहेको ठाउँमा बोरा हालेर बचाउने काम सुरु गरेको उनले बताए ।

No comments:
Post a Comment