ad1

Wednesday, August 16, 2017

रौतहटमा १८ को मृत्यु चार लाख प्रभावित



गरुडा । रौतहट जिल्लामा मंगलबार सम्म १८ जनाको मृत्यु भएको र दुईजना वेपत्ता रहेको अधिकारीहरुले जनाएकाछन ।

 वेपता हुनेमा देवाही गोनाही गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ११ की सीता कुमारी र गुजरा माई गाँउपालिका वडा नं. ६ बस्ने बर्ष १४ की रंजिता कुमारी रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले जनाए ।

जिल्लामा कुनै न कुनै रुपमा चार लाख मानिस बाढीले प्रभावित भएको उनले बताए । जिल्लामा करिब ६० हजार घरपरिवार बाढीले प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख  यज्ञविनोद पोखरेलले बताए ।क्षतिको बिबरण अझै आई रहेको जनाउँदै पूर्ण बिबरण आउन केहि दिन लाग्ने उनले जनाए ।

जिल्लामा बाढीबाट कति क्षति भयो भन्ने कुरा यकिन हुन सकेको छैन । तथ्यांक संकलनको काम जारी रहेको बताइएको छ ।
मंगलबार दिनभरि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरुबाट राहत सामग्री ढुवानी गरिएकोछ ।सडक सम्पर्क रहेको स्थानहरुमा मोटरबाट र यातायात सम्पर्क बिच्छेद भएका स्थानहरुमा हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको प्रजिअ थापाले जनाए ।

‘राहत सामग्री हरेक स्थानमा पु¥याई सकिएकोछ’ उनले भने–बितरण प्रणालीलाई व्यवस्थित गर्न स्थानीय बासिन्दाहरुको सहयोगमा काम थालिएकोछ ।प्रभावितहरुको हातमा राहत सामग्री पुग्न थालेको उनले दाबी गरे । तर रौतहट जिल्लाको गरुडा माध्यमिक विद्यालयमा शरण लिइरहेका तीन सय बढी परिबारले राहत नपाएको दुखेसो पोखेकाछन ।

उनीहरु सरकारी अधिकारीहरु भेँटन समेत नआएको जनाउँदै राहत सामग्रीहरुको सोखखोज समेत नगरिएको बताए । ‘विद्यालयमा शरण लिइरहेका अधिकांश दलित परिवारका मानिसहरु छौ’ पिडित विभिचन पासवानले भने–स्थानीय बासिन्दाहरुले दिने च्युरा, चाउचाउ, पाउरोटी खुवाएर बालबालिकाहरुलाई बचाएका छौ ।

लत्ताकपडाको अभाव रहेको उनले जनाए ।स्वच्छ पानी पिउन समेत समस्या भएको उनको पीडा छ । बाढीको पानीको सतह एकदम कम भइसकेपनि अधिकांश चापाकलहरुको पानी पिउन लायक नरहेको बताइएकोछ ।पानीको कारण बिभिन्न रोगहरु लाग्ने भएकाले औषधी हालेर सुद्ध गरेपछि मात्र पिउन चिकित्सकहरुले सुझाव दिएका छन । तर प्रजिअ थापाले पानीलाई उमालेर पिउन आग्रह गरिएको बताए ।बिभिन्न स्थलहरुमा आश्रय लिईरहेका पिडितहरुलाई खाना पकाउने भाडाकुडा र बाल्ने दाउरा समेत छैन ।

पानी निर्मलीकरणका लागि औषधीहरु उपलब्ध गराइएको छैन । प्रजिअ थापाले त्रिपालको मात्र कमि देखिएको बताए । उनले अन्य सुख्खा खाद्य सामग्रीहरु पिडीतहरु सम्म पुगेको दाबी गरे ।उनले नपुगेका स्थानहरुमा समेत बुधबार सम्म राहत सामग्री पुगिसक्ने जनाए । जिल्लाको ८० प्रतिशत भूभाग बाढीको गंभीर मारमा परेकोछ ।

राजमार्ग क्षेत्रका केहि बस्तीहरु बाहेक सदरमुकाम गौर समेतका भूभागहरु डुबानमा रहेकाले मानिसहरुलाई पिउने पानीको समस्या भएकोछ । गौर नगरपालिकामा ६ फिट सम्म पानी घरमा पसेको थियो । आफनै घर भएकाहरुलाई पनि अहिले राहतको आश गर्नुपरेको बताइन्छ ।

No comments:

Post a Comment