जनकपुरधाम । नेकपा एमालेका नेता रघुविर महासेठले आफ्नो पार्टी मधेश विरोधी नरहेको दावी गरेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा शनिबार आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासेठले एमाले मधेश र मधेशी जनताको हितमा काम गर्दै आएको बताए ।
उनले भने,‘ काँग्रेसले २० वर्ष सम्म सरकार सञ्चालन गरे । तर मधेशी जनताको हितमा एउटा पनि काम गरेनन् । एमाले ४ वर्ष मात्र सरकार संचालन गर्ने मौका पाए पनि मधेशकै हितमा काम गरे ।’ वर्षोदेखि रोकिएको हुलाकी राजमार्गलाई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै गति प्रदान गरेको उनले दावी गरे ।
अध्यक्ष शर्मा नेतृत्वको सरकारले महत्वकांक्षी वजेट ल्याएर मुलुकमा विकासको गतिलाई तिब्रता दिएको उनको भनाई थियो ।
मधेशमा एमालेको जनआधार खस्किदै गएको आंकलन गरिदै आएको बेला महासेठले एमालेले मधेशमा गरेको कामकाजको फेहरिस्त सुनाए ।
नेपाली काँग्रेस र मधेशवादी दललाई मधेश विरोध देखाउँदै नेता महासेठले मधेशको पक्षमा काम गर्ने पार्टी नै एमाले रहेको दावी गरे ।
कार्यक्रममा एमालेकी नव प्रवेशी नेतृ अनिता यादवले राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा नजाने अडानका कारण आफुले एमालेमा प्रवेश गरेको बताईन् । २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन नहुदाँ विकास निर्माण ठप्प हुन पुगेको छ ।
तर सुरुमा राजपा नेपालले चुनावमा नजाने अडान लिदै आएको थियो उनले भनिन,‘ पछि वाध्य भएर राजपा सँग विद्रोह गरेर एमालेमा आए ।’ लक्ष्मीनियाँ गाउँपालिका संयोजक भोला यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका धनुषा अध्यक्ष राजकिशोर यादव, सत्यनारायण यादव लगायतले एमालेको नेपाली काँग्रेससँग प्रतिस्पर्धा रहेको बताए ।

No comments:
Post a Comment