ad1

Tuesday, August 29, 2017

भारत र श्रीलंका बीच तेश्रो वनडे आज


जनकपुरधाम । भारत र श्रीलंका बीच तेश्रो वनडे आइतबार खेलिने भएको छ । पाँच म्याचको श्रृंखलामा भारत २–० को अग्रता कायम गरेको छ । दोश्रो वनडेमा अन्तिम समयमा जित हासिल गरेको भारतले तेश्रो म्याचमा जित निकालेर श्रृंखलामाथि कब्जा जमाउने दाउमा छ ।

एक सय ३१ रनमा सात विकेट गुमाएर दबाबमा आएको भारतलाई पूर्व कप्तान धोनी र भुवनेश्वर कुमारले आठौ विकेटको लागि शतकीय साझेदारी गरेर भारतलाई जिताएका थिए । 
हारको संघारमा पुगेर जित निकाल्न सफल भारतले श्रीलंका विरुद्धको बाँकी खेल जित्ने सम्भावना बढेको छ । 

यता, श्रीलंकाको कप्तान निलम्बनमा परेपछि कपुगेदरालाई कामचलाउ कप्तान बनाएको छ । 

हवाई कारबाहीमा राक्का अस्पताल ध्वस्त


दमासकस । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । 

त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी सेनाको मृत्यु मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ ।

राक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्र पुनःजिहादीले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको थियो । राक्का प्रान्तमा आइएस लडाकूलक्षित यस हवाई आक्रमणमा सिरियन डेमोक्र्याटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको संयुक्त गठबन्धनले सहभागीता  रहेको छ । 

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादी विरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राक्का सहरको ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।

सोही आन्दोलन कारक हँुदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ । 
त्यसैगरी यस आन्दोलनमा लाखाँै घाइते भएका छन् भने, लाखौँले देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । 

बंगलादेश अगाडि



भाद्र १३, २०७४- सकिब अल हसनले ५ विकेट लिँदै अस्ट्रेलियालाई २ सय १७ रनमा अलआउट गरेपछि बंगलादेश पहिलो टेस्टको दोस्रो दिन सोमबार राम्रो स्थितिमा पुगेको छ । दिनको खेल १८–३ बाट सुरु गरेको अस्ट्रेलिया संघर्षमय ब्याटिङ गर्दै घरेलु टोलीसँग पहिलो इनिङ्सका आधारमा ४३ रनले पछाडि परेको हो । 

बंगलादेशले दिनको खेल सकिँदामा १ विकेट गुमाई ४५ रन बनाएर ८८ रनको अग्रता लिएको छ । तमिम इकबाल ३० रन बनाई क्रिजमा छन् । नाइट वाचम्यान तैजुल इस्लामले खाता खोल्न बाँकी छ । देव्रेहाते स्पिनर एस्टन एगरले सौम्य सरकारलाई १५ रनमा आउट गरे । इकवालसँग आत्मविश्वासी इनिङ्स सुरु गरे पनि सरकारले एगरको बलमा उख्मान ख्वाजालाई लङअनमा क्याच दिन पुगे । 

पहिलो इनिङ्समा ८४ रन बनाएका सकिबले ६८ रन खर्चेर ५ विकेट लिए । अस्ट्रेलियाको सुरुआती ब्याटिङमा मेहिदी हसनको उत्कृष्ट प्रदर्शनपछि सकिबले विकेट लिन सुरु गरेका थिए । हसनले ६२ रन खर्चेर ३ विकेट लिए । उनले बिहानी सत्रमा कप्तान स्टिभ स्मिथ (८) बोल्ड गरी अस्ट्रेलियालाई दबाबमा ल्याएका थिए । 

‘भगवान्को कृपाले म्याच हाम्रो हातमा आएको छ, आशा गरौं भोलि पनि हामीले राम्रो गर्ने छौं,’ हसनले भने, ‘हाम्रा ब्याट्सम्यानले जिम्मेवारी लिएर खेले र राम्रो स्कोर बनाएमा त्यो उनीहरूका लागि चुनौतीपूर्ण हुनेछ । मलाई विकेट कठिन छ जस्तो लाग्दैन । हामीले बलिङ राम्रो गरेका छौं ।’

एगरले ब्याटिङमा पनि ४१ नटआउट रन बनाउँदै प्याट कुमिन्ससँग महत्त्वपूर्ण ४९ रनको साझेदारी गरेपछि अस्ट्रेलियाको स्कोर २ सयमाथि पुगेको थियो । अस्ट्रेलियाबाट म्याट रेनसले ४५, पिटर ह्यान्ड्सकोम्बले ३३ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । १० औं नम्बरमा ब्याटिङ गरेका कुमिन्सले २५ रन जोडे ।

वेस्ट इन्डिजलाई ठूलो लक्ष्य



भाद्र १३, २०७४- इङल्यान्डले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा ३ सय २२ रनको लक्ष्य दिएको छ । मार्क स्टोनम्यानको ५२, कप्तान जो रुटको ७२, डेविड मालनको ६१, बेन स्टोक्सको ५८ र मोइन अलीको ८४ रनमा इङल्यान्डले सोमबार चौथो दिन खेलको अन्तमा ४९०–८ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । क्रिस वोक्स ६१ र स्टुवार्ट ब्रोड १४ रनमा नटआउट रहे । वेस्ट इन्डिजका रोस्टोन चेजले ३ तथा कप्तान जेसन होल्डर र सेनोन ग्याब्रियलले २–२ विकेट लिए । बेन स्टोक्सको १ सय रनमा इङल्यान्डले पहिलो इनिङ्समा २ सय ५८ रन बनाएको हो । जवाफमा वेस्ट इन्डिजले ४ सय २७ रन बनाएको थियो । ओपनर क्रेग बेथवेटले १ सय ३४ र साई होपले १ सय ४७ रन बनाएका थिए ।

Monday, August 28, 2017

मोसा दुर्घटनामा एकको मृत्यु, घाइतेको संगमा २७ लाख नगद


जनकपुरधाम । धनुषामा मोटरसाईकल खाल्डोमा खस्दा एक जना युवकको मृत्यु भएको छ । । धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरचौक नजिक बाढीले बगाएको खाल्डोमा ज७ प ८०३१ नम्बरको मोटरसाइकल खस्दा स्थानीय २३ वर्षिय जमुना यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धारापानीबाट भगवानपुर जाने क्रममा मोटरसाईकल अनियन्त्रित भई खाल्डोमा खस्दा यादव गम्भीर घाइते भएका थिए ।  घाईते  यादवलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव धारापानीको माबि मुलाबारीका कर्मचारी थिए । 

यसैबीच, धनुषामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्तिको झोलामा २७ लाख रुपैयाँ फेला परेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद पुल नजिक शनिवार दिउँसो ५ वजे बा ६९ प ४८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइतेको परिचय खुल्न नसकेको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले बताए ।

उनले घाईतेको झोलाबाट बरामद भएको पैसा प्रहरीको जिम्मामा रहेको  बताए ।  स्थानीय स्तरमा उपचार सम्भव हुन नसकेपछि घाईतेलाई थप उपचारको लागि विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

ट्राफिक र युवाले अब जनकपुरलाई सुन्दर बनाउने



जनकपुरधाम । जताततै फोहोरले कुरुप बन्दै गएको धार्मिक नगरी जनकपुरमा ट्राफिक र युवाहरुको एक समुहले शहर सुन्दर बनाउने अभियान थालेको छ ।
अव्यवस्थित तरिकाले झुण्ड्याईको बिज्ञापनले कुरुप बन्दै गएको जनकपुरलाई सफा नगरीको रुपमा परिचित गर्न ट्राफिक र युवाहरुको एक समुह सकृय भएको हो ।

शनिवार बिहान युवाहरुको एक समुह र धनुषा ट्राफिकले जनकपुरको चोकचोकमा रहेको बिभिन्न संघ संस्थाको होडिङग बोर्डहरु हटाएका छन् । ऐतिहासिक महत्वले भरिपुर्ण जानकी मन्दिरको परिसर , जानकी चोक, राम चोक, जनक चोक, शिव चोकहरुमा लगाईएको सो होडिङग बोर्ड र ब्यानर हटाईएको हो ।

सहरको बिभिन्न ठाउँमा झुण्ड्याईएको सो ब्यानर र होडिङग बोर्डले दुर्घटना लगायत सहरको सौन्दर्यकरणमा पनि प्रभाव पार्ने भएको हुनाले हटाईएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक हरिनन्दन चौधरीले बताए । उनले सहरको बिभिन्न ठाउँमा लगाईको सो बिज्ञापन सहितको होडिङग बोर्डमा सबारी चालकको नगर पर्ने र सोही कारण पनि दुर्घटना भएको घटनाहरु आईरहँदा यस्ता कार्यको थालनी गरेको चौधरीले थपे ।

बर्षौ पुरानो जानकी मन्दिर लगायत राम मन्दिर, शिव मन्दिर, राजदेवी मन्दिरको छेउछाउमा लगाईएको सो ब्यानरले जानकी मन्दिरलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्न ठेस पुगाएको र अरु अरु मन्दिरको सुन्दरतामा पनि असर पारेको हुनाले होर्डिङ्ग बोर्डहरु हटाएको एक युवा अगुवाले बताए ।

उनीहरु होर्डिङ्गबोर्डले मन्दिरको अस्मिता र गरिमालाई नै आँच पुर्याएकाले अभियानलाई जोडतोडका साथ निरन्तरता दिनुपर्ने बताए । उनीहरुले भने हामीले थालनी गरेको अभियानमा सम्बन्धि निकायले पनि अग्रसरता दिनुपर्नेमा जोड दिए ।

एमालेको चुनावी तयारी सुरु


जनकपुरधाम । नेकपा एमालेका नेता रघुविर महासेठले आफ्नो पार्टी मधेश विरोधी नरहेको दावी गरेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा शनिबार आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासेठले एमाले मधेश र मधेशी जनताको हितमा काम गर्दै आएको बताए ।

उनले भने,‘ काँग्रेसले २० वर्ष सम्म सरकार सञ्चालन गरे । तर मधेशी जनताको हितमा एउटा पनि काम गरेनन् । एमाले ४ वर्ष मात्र सरकार संचालन गर्ने मौका पाए पनि मधेशकै हितमा काम गरे ।’ वर्षोदेखि रोकिएको हुलाकी राजमार्गलाई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै गति प्रदान गरेको उनले दावी गरे ।

अध्यक्ष शर्मा नेतृत्वको सरकारले महत्वकांक्षी वजेट ल्याएर मुलुकमा विकासको गतिलाई तिब्रता दिएको उनको भनाई थियो । 
मधेशमा एमालेको जनआधार खस्किदै गएको आंकलन गरिदै आएको बेला महासेठले एमालेले मधेशमा गरेको कामकाजको फेहरिस्त सुनाए । 

नेपाली काँग्रेस र मधेशवादी दललाई मधेश विरोध देखाउँदै नेता महासेठले मधेशको पक्षमा काम गर्ने पार्टी नै एमाले रहेको दावी गरे । 
कार्यक्रममा एमालेकी नव प्रवेशी नेतृ अनिता यादवले राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा नजाने अडानका कारण आफुले एमालेमा प्रवेश गरेको बताईन् । २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन नहुदाँ विकास निर्माण ठप्प हुन पुगेको छ ।

तर सुरुमा राजपा नेपालले चुनावमा नजाने अडान लिदै आएको  थियो उनले भनिन,‘ पछि वाध्य भएर राजपा सँग विद्रोह गरेर एमालेमा आए ।’ लक्ष्मीनियाँ गाउँपालिका संयोजक भोला यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका धनुषा अध्यक्ष राजकिशोर यादव, सत्यनारायण यादव लगायतले एमालेको नेपाली काँग्रेससँग प्रतिस्पर्धा रहेको बताए ।   

‘संविधान कार्यान्वयन र स्वीकार्यता आन्तरिक मामिला’


भाद्र १३, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन र स्वीकार्यता नेपालको आन्तरिक मामिला भए पनि त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु स्वाभाविक भएको बताएका छन् । ‘संविधानको सर्वस्वीकार्यता कायम गर्नु र कार्यान्वयन गर्नु हाम्रा राष्ट्रिय एजेन्डा हुन् । राष्ट्रिय प्राथमिकताको एजेन्डाबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउनु अस्वाभाविक होइन,’ आफ्नो दिल्ली भ्रमणबारे सोमबार संसद्लाई जानकारी गराउँदै प्रधानमन्त्रीले देउवाले भने, ‘संविधान निर्माण कार्यान्वयन र स्वीकार्यता नितान्त नेपाल तथा नेपाली जनताको आन्तरिक विषय हो । यसमा कसैसँग सम्झौता गरेको छैन र हुन पनि सक्दैन ।’ 

यसअघि उनले दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालको आन्तरिक विषयमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो । देउवाको भारत भ्रमणअघि संसद्ले संविधानको दोस्रो संशोधन विधेयक फेल गरेको थियो । देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संसदबाट फेल भए पनि संविधान संशोधनका लागि पुन: प्रयास गर्ने बताएका थिए । 

संविधान कार्यान्वयनका सम्बन्धमा छिमेकी वा अन्य कसैको हस्तक्षेप अस्वीकार्य हुने उल्लेख गर्दै देउवाले नेपालको शान्ति प्रक्रियामा सघाएका छिमेकी मित्रराष्ट्रबाट पछिल्लो राजनीतिक घटनाक्रमबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न नमिल्ने बताए । भ्रमणमा नेपालका सबै असन्तुष्ट पक्षलाई पनि विश्वासमा लिएर जाने विषयमा कुराकानी भएको भन्दै त्यस क्रममा संविधान संशोधनका विषयमा पनि कुराकानी भएको उनले बताए । ‘भ्रमणको मुख्य उद्देश्य छिमेकी मुलुकसँग समझदारी कायम गर्दै दुई देशको सम्बन्धमा विश्वास बढाउने हो,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसमा भ्रमण सफल भएको छ ।’

भारत भ्रमणमा जानुअघि त्यसका एजेन्डा र प्राथमिकताबारे संसद्लाई जानकारी नगराएका प्रधानमन्त्री देउवाले दिल्लीबाट फर्केको दोस्रो दिन आफ्नो ५ दिने भ्रमणबारे संक्षिप्त जानकारी दिएका हुन् । सदन चालु रहेका विषयमा सार्वजनिक महत्त्वका विषयमा संसद्मार्फत जनतालाई जानकारी दिने गरिन्छ । 

संसदमा फेरि कोरम पुगेन
सांसदहरूको गणपूरक संख्या अभावमा सोमबारको बैठक पनि प्रभावित भएको छ । गणपूरक संख्या अभावमा आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धि अनुमोदन हुन सकेन । अभिसन्धि अनुमोदनसम्बन्धी प्रस्ताव निर्णयार्थ हुँदा प्रतिपक्षी नेमकिपाका सांसद डिल्ली काफ्लेले कोरमको प्रश्न उठाएका थिए । सभा भवन परिसरमा उपलब्ध सांसदहरूलाई बैठक कक्षमा आउने मौका दिन तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा ८६ सांसद मात्रै उपस्थित थिए । संसद्मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न कुल सदस्य संख्या (५९२) को एक चौथाइ (१४८) आवश्यक पर्ने नियमावलीको व्यवस्था छ । तर कुनै सदस्यले कोरमको प्रश्न उठाएमा मात्रै सभामुखले गणनाका लागि आदेश दिने संसदीय अभ्यास छ । सभामुख ओनसरी घर्तीले संसद्को अर्को बैठक आइतबार अपराह्नका लागि तोकेकी छन् । 

तराई–मधेसमा चुनावी रौनक


भाद्र १३, २०७४- दुई नम्बर प्रदेशका अधिकांश जिल्लामा चुनावी चहलपहल बढेको छ । खेत–खलिहानमा दलका झण्डा फहराउने होडबाजी छ । नेता/कार्यकर्ताहरू जनमत आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । चियापसल र चौतारीमा सम्भावित उम्मेदवारका बारेमा टिप्पणी सुनिन थालेको छ । तिनले उठाउने मुद्दाबारे बहस चलेको छ । ‘चुनावी रौनक बढेको छ,’ बाराको बगडमपुरका रामदेव साहले भने, ‘घरमा झण्डा गाड्ने होडबाजी चलेको छ ।’

राष्ट्रिय जनता पार्टी (राजपा) ले अरू दलहरूको भन्दा फरक ढंगले उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । अन्य दलले कोठे बैठकबाट उम्मेदवारको टुंगो लगाउँदैछन् । राजपाले भने समर्थक र पार्टी कार्यकर्ताको भेला आयोजना गरेर आकांक्षीको नाम संकलन थालेको छ । आइतबार सिम्रौनगढ नगरपालिकाको मेयरसहितका उम्मेदवारको नाम संकलन गर्ने क्रममा होहल्ला भएपछि प्रहरी परिचालन गर्नु परेको थियो । 

‘तनावलाई शान्त गर्न हम्मे पर्‍यो,’ प्रहरी निरीक्षक लालसर्वश्रीबहादुर सिंहले भने, ‘भेला गरेर उम्मेदवार छनोट थालिएपछि झडप हुन सक्ने भएकाले चनाखो हुनुपरेको छ ।’ राजपा नेताले भने यस्तो प्रक्रियालाई सहज रूपमै लिएका छन् । ‘पार्टीप्रति सहानुभूति र समर्थकको ओइरो लाग्नु सकारात्मक हो, त्यसैले जति भीड भए पनि हाम्रा लागि फाइदा हो,’ राजपा महामन्त्री जितेन्द्र सिंहले भने, ‘भीडभाड अनियन्त्रित र अप्रिय घटना केही हुँदैन ।’ 

संघीय समाजवादी फोरमले कलैया उपमहानगरका लागि मेयरमा पूर्वसभासद प्रमोद गुप्ताको नाम सिफारिस गरेको छ । कांग्रेसमा मेयर बन्न जिल्लाका आकांक्षी काठमाडौंस्थित शक्ति केन्द्र धाइरहेका छन । एमालेले मेयर र उपमेयरबाहेक अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार छनोट गरिसकेकाले उनीहरूसमेत चुनावी अभियानमा सक्रिय देखिएका छन् । ‘गाउँगाउँ र टोलटोलमा भोट माग्ने अभियान तीव्र बनाएका छौं,’ एमाले जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले भने, ‘कसैलाई नहोच्याउने र नचिढाउने गरी आफ्नो घरदैलो अभियान सुरु गरेका छौं ।’ 

उम्मेदवार हुन दौडधुप
बाढी र डुबान समस्याबाट मुक्त नहुँदै सर्लाहीमा चुनावी चटारो बढेको छ । तेस्रो चरणको चुनाव नजिकिएसँगै प्रदेश २ अन्तर्गतका जिल्लामा उम्मेदवारी पक्का गर्नका लागि उच्चस्तरमा दौडधुप सुरु भएको छ । राजपा चुनावमा सहभागी हुने भएपछि उम्मेदवारका आकांक्षी बढेका हुन् । 

प्रत्याशी टुंग्याउन बाँकी कांग्रेस र राजपामा आकांक्षीबीच टिकट हत्याउन होड चलेको छ । एमाले र माओवादी केन्द्रले धेरै ठाउँमा उम्मेदवार टुंगो लगाइसकेका छन् । कांग्रेसका जिल्ला अध्यक्षसहित अधिकांश नेता करिब दुई सातादेखि काठमाडौंमा छन् । टिकटका दाबी गर्ने पनि काठमाडौंमै छन् ।

कांग्रेसका जिल्ला उपाध्यक्ष सुरेन्द्र सिंहले क्षेत्र नं ६ का ४ स्थानीय तहमा उम्मेदवार तय भइसकेको बताए । ‘अरू तहमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘जित्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने नीति बनाएर गृहकार्य भइरहेको छ ।’ देउवा र पौडेल समूहमा विभाजन भएर उम्मेदवारमा भागबन्डा गर्ने प्रयास भएपछि टिकट वितरणमा समस्या देखिएको एक नेताले बताए ।
‘हाम्रो खेमालाई यतिवटा तह चाहियो भन्ने जस्ता माग आएका छन्,’ ती नेताले भने, ‘लोकप्रियभन्दा पनि खेमाको उम्मेदवार बनाउन खोज्दा समस्या देखिएको छ ।’ गुटबन्दी तीव्र भएकाले पनि कांग्रेसलाई उम्मेदवार चयन गर्न कठिनाइ भएको छ । 

एमालेले लगभग सबै स्थानमा उम्मेदवार तय गरिसकेको छ । थपिएका तहमा भने उम्मेदवार चयन गर्न बाँकी छ । दोस्रो चरणको निर्वाचन अघि उम्मेदवार तोकिएकाले एमाले प्रचार प्रसारको चरणमा छ । माओवादी केन्द्रले पनि केही स्थानमा विवादका कारण उम्मेदवार तय गर्न सकेको छैन । लालबन्दी र ईश्वरपुरमा माओवादीमा बढी विवाद देखिएको छ ।

राजपाले भने अहिलेसम्म कुनै तहमा पनि टुंगो लगाएको छैन । भर्खरै चुनावमा जाने निर्णय गरेकाले राजपा उम्मेदवार चयनको प्रारम्भिक चरणमै छ । राजपा अध्यक्ष मण्डलका सदस्य कौशलकिशोर रायले उम्मेदवार हुन चाहनेको नामावली संकलन सुरु भएको बताए । 

‘प्रत्येक तहमा उम्मेदवार छनोटका लागि टोली परिचालन गरिएको छ,’ उनले भने, ‘इच्छुकमध्ये बढी मत ल्याउने र पदीय जिम्मेवारी बहन गर्न सक्नेलाई छनोट गर्ने रणनीति लिएका छौं ।’ उनले उम्मेदवार हुने चाप राजपामा सबैभन्दा बढी भएको दाबी गरे । राजपाको टिकटबाट उम्मेदवार हुँदा जित्ने सम्भावना बढी भएकाले इच्छुकको संख्या बढेको उनले बताए ।

महानगरमा रौनक
दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्जमा पनि चुनावी रौनक बढेको छ । घरदैलो र सभाका साथै कार्यकर्तालाई पार्टी प्रवेश गराउने होड चलेको छ । पार्टी प्रवेश गराउने होडमा फोरम र एमाले अगाडि छन् । महानगरको चुनावलाई राष्ट्रियदेखि क्षेत्रीय दलले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । त्यसैले एमाले आक्रामक रूपमा प्रचारमा उत्रेको छ । उक्त दलका वरिष्ठ नेता माधव नेपालदेखि कार्यवाहक अध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेलसम्मका नेताहरू वीरगन्जमै छन् । 

सोमबार महानगरका २ वडामा नेपाल घरदैलो तथा चुनावी प्रचारमा सहभागी बने । वडा नम्बर १५ र १६ मा घरदैलो गरे । उनी सेतो कमिज र गम्छा भिरेर मेयर र उपमेयरका प्रत्याशीसँगै घरदैलोमा सहभागी बनेका थिए । त्यस क्रममा स्थानीयसँग भोजपुरीमै संवाद गरे । 

यहाँ एमालेले बसरुद्दिन अन्सारीलाई मेयर र सोफिया आचार्यलाई उपमेयर प्रत्याशी बनाएको छ । कांग्रेसले मेयर/उपमेयरका उम्मेदवार टुंगो लगाइसकेको छैन । यहाँ पूर्वउपमेयर तथा सभासद अजयकुमार द्विवेदीको नाम मेयरको चर्चामा छ । उनी घरदैलो गरिरहेका छन् । 

माओवादी केन्द्रले मेयरमा रहवर अन्सारीलाई अघि सारेको छ । शिक्षित तथा स्पष्ट वक्ताको रूपमा चिनिएका अन्सारीले घरदैलोसँगै सामाजिक सञ्जालबाट प्रचार तीव्र बनाएका छन् । संघीय समाजवादी फोरमले विजय सरावगीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनले सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत प्रचार थालेका छन् । राष्ट्रिय जनता पार्टीले अहिले सम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । 

तयारी तीव्र
जिल्ला निर्वाचन कार्यालयले निर्धारित तालिका अनुसार निर्वाचनको तयारी भइरहेको जनाएको छ । कार्यालय प्रमुख हुमनाथ पराजुलीले सोमबार जिल्लास्थित १३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए । 

भदौ ७ गते वीरगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । सोमबार पोखरिया, पर्सागढी र बहदुरमाई नगरपालिका तथा अन्य १० गाउँपालिकामा एकसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

भदौ १५ देखि निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन गरिने र यसका लागि बालशिक्षिका, सामाजिक परिचालक, स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्ने तयारी भइरहेको उनले बताए । जिल्लामा कुल १ सय ६७ मतदान स्थल हुनेछन् । मतदान केन्द्र तोक्न भने बाँकी छ । हाल थप गरिएका समेत गरी वीरगन्ज महानगरका ३२ वडा छन् । स्थानीय निर्वाचनका लागि जिल्लामा २ लाख ८० हजार २ सय १२ मतदाता छन् ।

होस नपुर्‍याउँदा दुर्घटना


भाद्र १३, २०७४- अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा गत फागुनमा पैदलयात्री चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको घटनास्थलमै मृत्यु भयो । बा१य ४३ नम्बरको पर्यटक बोक्ने हरियो प्लेटको माइक्रोको अचानक ब्रेक फेल हुँदा महाराजगन्जस्थित कान्ति बाल अस्पतालको ओरालो सडक छेउमा हिँडिरहेका उनीहरूलाई किचेको थियो । गत वर्ष नै तीनकुनेबाट बबरमहलतर्फ गइरहेको ना५ख २६१८ ट्रिपरले नयाँबानेश्वर चोकको सडक छेउमा हिँडिरहेकी ७३ वर्षीया लक्ष्मी रेग्मीलाई ठक्कर दिंदा मृत्यु भयो । प्रत्येक वर्षको सवारी दुर्घटनाको अनुपात केलाउँदा मृत्यु हुनेको संख्या बढदै गएको देखिन्छ । 

मुलुकभर सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु हुने गरेको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार २०७३/७४ मा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । उक्त तथ्यांकलाई केल्याउँदा सवारी दुर्घटनाबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । 

अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए । अघिल्लो वर्ष २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । ‘यस वर्षको 
तथ्यांक हेर्दा पनि धेरै जनाको मृत्यु भइसकेको छ,’ उनी भन्छन्, ‘त्यो संख्या अझै बढ्न सक्छ ।’ 
प्रहरीका अनुसार साउनसम्म मुलुकभर १५ हजार ९० वटा सवारी दुर्घटना भएका छन् । दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको उल्लेख गर्दै खनालले यसलाई रोक्न ठोस कदम चाल्नुपर्ने बताए ।

उपत्यकामा मात्र ८ हजार ९ सय ७१ सवारी दुर्घटना भएका छन्, त्यस क्रममा १ सय ३२ जनाको मृत्यु भएको छ । त्यसैगरी पूर्व क्षेत्रमा २ हजार ८ सय ९३ गाडी दुर्घटना भएका छन् भने ४ सय ६५ जनाको मृत्यु भएको छ । मध्यक्षेत्रमा १४ सय ४ सवारी दुर्घटना भएका छन् भने ६ सय ७९ जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रमा १२ सय १६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ सय ५ जनाको मृत्यु भएको छ । 

मध्यपश्चिम क्षेत्रमा ३ सय ७० सवारी दुर्घटना भएका छन्, जसमा २ सय ५५ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम क्षेत्रमा २ सय ३४ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय २४ जनाको मृत्यु भएको छ । पछिल्लो समय सडक सञ्जालको विस्तार व्यापक रूपमा बढे पनि कालोपत्रे र व्यवस्थित सडक अभाव रहेकाले दुर्घटना बढ्ने गरेको प्रवक्ता खनालले बताए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले एकतिहाइभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिना नै निर्माण गरेकाले सडक सवारी दुर्घटना प्रत्येक वर्ष बढ्ने गरेको जनाएको छ । 

सवारी तथा यातायात ऐनअनुसार जेब्राक्रसिङमा नरोक्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान छ । ‘जेब्राक्रसिङमा अनुशासन उल्लंघन गर्ने चालकलाई दण्ड जरिवाना नै कम भयो,’ डीआईजी खनालले भने, ‘५ हजार रुपैयाँ भए कसले रोक्दैन ?’ ऐन कानुनमै सुधार भए चालकलाई कारबाही गर्न सजिलो हुने उनले बताए । सार्वजनिक यातायातमा लामो अध्ययन अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्यले सडक पूर्वाधारको स्थिति नै कमजोर भएको बताए । ‘ट्राफिक बत्ती त छैन अरूको कुरा के गर्नु ?’ उनले भने, ‘सार्वजनिक यातायातको खस्कँदो स्थिति, बढ्दो सवारी दुर्घटनाले हाम्रो सडक सुरक्षा कमजोर छ भन्ने देखाउँछ, सडक राम्रो भए पो पैदलयात्री पनि सुरक्षित छन् भन्ने हुन्छ ।’

उपत्यकामा मात्रै भएको सवारी दुर्घटनाको अनुपात केलाउँदा जेब्राक्रसिङ होस् वा फुटपाथमा गाडीको ठक्करबाट मृत्यु हुनेमा पैदलयात्रीको संख्या धेरै छ । उपत्यका ट्राफिक महाशाखाले आर्थिक वर्ष ०६८/६९ देखि ०७३/७४ जेठसम्मको सवारी दुर्घटनाको तथ्यांक केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशत पैदलयात्रु रहेको देखिएको छ । यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीमध्ये २ सय ९६ पैदलयात्री छन् । आव ०६९/७० मा १ सय ४८ मृतकमध्ये ६३ पैदलयात्रु छन् । ०७०/७१ मा १ सय ४३ जनामध्ये ५३ जनालाई पैदल हिँडिराखेका बेला गाडीले ठक्कर दिएर मृत्यु भएको छ । ०७१/७२ मा १ सय ३३ जनाको मृत्यु भएकामध्ये ५७ पैदलयात्रु छन् । ०७२/७३ मा १ सय ६६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५७ पैदलयात्री छन् । ०७३/७४ चैतसम्म १ सय ३० जनाको सवारी दुर्घटनामा मृत्यु भएकामा ५८ पैदलयात्री छन् । जेब्राक्रसिङमा चालकले कसैको ज्यान लिए सवारी ज्यानमा मुद्दा चलाउने प्रावधान छ । ज्यान मुद्दाअनुसार ८ देखि १० वर्ष कैद सजाय हुन्छ । 

यात्रुले ध्यान दिनुपर्ने

आदेशमूलक, सदेशमूलक र चेतनामूलक ट्राफिक संकेतको पालना गरौं ।
सवारी चढ्दा र ओर्लंदा अरूलाई नधकेलौं ।
सवारीसाधन चढ्दा कुनै पनि मानवीय अंग बाहिर ननिकालौं ।
चालकलाई तीव्र गतिमा सवारी चलाउन प्रोत्साहन नगरौं ।
सवारीसाधनमा बसी असभ्य व्यवहार नदेखाऔं ।
सामान बोक्ने सवारीसाधनको पछाडि भागमा बसेर यात्रा नगरौं ।
भरिएको सवारीसाधनमा नचढौं ।
धेरै जनाले बाटो काट्नु छ भने एक पंक्तिमा काटौं । सधंै जेब्राक्रसिङको प्रयोग गरौं ।
रातो बत्तीमा बाटो क्रस नगरौं । हरियो बत्तीमा मात्र क्रस गरौं ।
हतार गरी बाटो कहिल्यै नकाटौं । छतमा बसेर यात्रा नगरौं । 
चालकलाई सुरक्षित तरिकाले सवारीसाधन चलाउन प्रेरणा दिऔं ।
मादकपदार्थ सेवन गरेका चालकलाई सवारी चलाउन नदिऔं । 

चालकले ध्यान दिनुपर्ने

सवारीको अवस्था जाँच गर्ने ।
सवारीको मर्मत तथा प्रदूषण जाँच गराउने । 
मादकपदार्थ सेवन गरेर सवारी नचलाउने ।
अत्यधिक खुसी, मानसिक तनाव तथा अस्वस्थतामा सवारीसाधन नचलाउने ।
चलाउँदा सडकमा ध्यान केन्द्रित गर्ने । अनावश्यक कुरा नगर्ने । मोबाइलमा कुरा नगर्ने ।
सवारीको कागजपत्र साथमा राख्ने । झ्याल तथा ढोका सधैं राम्रोसँग बन्द गर्ने ।
तीव्र गतिमा नचलाउने । यात्रु र अन्य व्यक्तिसँग अनावश्यक कुराकानी नगर्ने ।

Friday, August 25, 2017

सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा नि:शुल्क


भाद्र ५, २०७४- यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर/शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो । 

यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो । यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए । ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई नि:शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘यो अन्तरिम आदेश हो, जब पूर्ण फैसला हुन्छ, त्यसपछि विकल्प खोज्नुपर्छ ।’ 

सेन्टरले ३ वर्षअघि प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागलाई गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो । विभाग र सेन्टरबीच २०६९/१२/२२ मा भएको सम्झौताको म्याद २०७३/१२/२२ मा सकिएको थियो । २०७३/१२/२५ मा पुन: ६ महिनाका लागि साविकै दरमा सेवा दिने सम्झौता भएको थियो । यसअघि पनि सर्वोच्चकै न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भन्दै मन्त्रालयका नाममा आदेश जारी गरेको थियो । 

त्यसपछि न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न निर्देशिकाअनुसार नै देखिएकाले सर्वसाधारणको ‘सुविधा र हितको सन्तुलनको दृष्टि’ ले अन्तरिम आदेश दिन नमिल्ने भन्दै न्यायाधीश कार्कीको आदेश खारेज गरिदिएको थियो ।

त्यसयता सेन्टरले यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षाका लागि १० वटा अल्ट्रो कार, १० वटा मोटरसाइकल र १० वटा स्कुटी उपलब्ध गराउने सम्झौता गरेको थियो । विभागले मीनभवन, बग्गीखाना, भक्तपुर, सुकेधारा र सानोभर्‍याङमा प्रयोगात्मक परीक्षाका लागि गाडी उपलब्ध गराउँदै आएको छ । विभागका अनुसार दैनिक २ हजार परीक्षार्थीले सवारी अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिन्छन् । सेन्टर सञ्चालकसँग नि:शुल्क गाडी उपलब्ध गराउने मौखिक सहमतिसमेत भइसकेको महानिर्देशक भट्टराईले बताए । 

‘अर्को विकल्प नभएसम्म श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टरले नि:शुल्क गाडी दिन्छ,’ उनले भने, ‘त्यसबारे छलफल भइसकेको छ ।’ सेन्टरलाई हरेक परीक्षार्थीले मोटरसाइकलको ४७ रुपैयाँ, स्कुटरको ४६ रुपैयाँ, कारको ९३ रुपैयाँ, जिपको १२३ रुपैयाँ, भ्यानको १२२ रुपैयाँ, टेम्पोको १६३ रुपैयाँ, मिनीबसको २०९ र बसको २११ रुपैयाँ हरेक परीक्षार्थीले दस्तुर बुझाउनुपर्ने सेन्टर र विभागबीचको सम्झौतामा उल्लेख छ ।

आजदेखि इम्बोस्ड नम्बर दर्ता


भाद्र ९, २०७४- यातायात व्यवस्था विभागले शुक्रबारदेखि मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ को दर्ता सुरु गर्ने भएको छ । विभागका अनुसार पहिलो चरणमा वाग्मती अञ्चलमा दर्ता रहेका सवारी साधनमा यो नम्बर प्लेट प्रयोग गरिनेछ । 

विभागले पहिलो चरणमा सरकारी, संस्थान, समिति र निजी तीन र चार पांग्रे साना सवारी, मझौला र ठूला सवारी साधनधनीलाई आफ्नो सवारीमा नयाँ प्रविधिको नम्बर प्लेट जडान गर्न आह्वान गरेको छ ।

 विभागका महानिर्देशक रूपनारायण भट्टराईले इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्ने सवारीधनीले आफ्नो सवारी साधनको हालसम्मको राजस्व तिर्नुपर्ने बताए । ‘त्यसपछि यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, वाग्मती एकान्तकुनामा रहेको वाणिज्य बैंकमा रकम जम्मा गर्नुपर्छ,’ उनले भने, ‘यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ ।’

उनले अनलाइनमा सवारीको विवरण भर्दा बैंक भौचर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने बताए । ‘राजस्व रकम फरफारक नगरी इम्बोस्ड नम्बरका लागि मात्र रकम जम्मा गर्न पाइने छैन,’ उनले भने, ‘राजस्व रकमसमेत जम्मा गरे मात्र इम्बोस्ड नम्बर प्लेट पाइनेछ ।’ इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट उपत्यका बाहिर कतिपटक आवतजावत गर्‍यो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने जानकारी विभागले दिएको छ ।

राष्ट्रपतिको सवारीमा नेपाली झन्डा, झन्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, ‘एनईपी’ अक्षर र अक्षरमुनि लालीगुराँससहित नेपालको निसान छाप भएको नम्बर प्लेट हुनेछ । सार्वजनिक सवारी (व्यावसायिक प्रयोजन) मा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ । नयाँ प्रविधिको नम्बर प्लेट लिन मोटरसाइकलका लागि २ हजार ५ सय, ३ पांग्रे सवारीका लागि २ हजार ९ सय, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ । 

भाइको हत्यापछि प्रहरीसमक्ष आत्मसर्मपण


भाद्र ९, २०७४- वसन्तपुर क्षेत्रमा सामाजिक काममा सक्रिय गणपतीलाल श्रेष्ठको मोबाइलमा बुधबार झम्के साँझमा एउटा फोन आयो, झोछें चोकमा किराना पसल गरी बस्ने  चिनेजानेकै दाइ राजु मानन्धरको । राजुले हतास भएजस्तो स्वरमा भने, ‘भाइ इमर्जेन्सी छ । एकपटक भेट्नै पर्ने भयो ।’ इमर्जेन्सी भनेका राजुले गणपतीलाई राति अबेरसम्म फोन गरेनन् । न भेट्न नै आए ।

राति एक्कासी नौ बजे फेरि फोन आयो । तर, त्यो राजुको नम्बर भने थिए । नयाँ नम्बरबाट फोन गरेर राजुले भने, ‘भेट्नै पऱ्यो ।’फोन गरेको केहीबेरमै गणपतीलाई भेटन राजु ताहचलको जनज्योति मावि छेउमा आइपुगे । त्यसपछि राजुले जे कुरा सुनाए, त्यसले गणपतीको होसहवास उडाइदियो । एकैछिन त के गर्ने र कसो गर्ने भयो, गणपतीले त्यो बेला सम्झिँदै भने, ‘अलि अलि डर पनि लाग्यो ।’

झोछेंमै स्थायी घर भएका राजु आफ्नी आमा, पत्नी, छोरा र ४८ वर्ष पुगेका तर अविवाहित भाइ गौतमसँगै बस्थे । दुवै दाजुभाइ झोछें क्षेत्रमा हुने सबै सामाजिक काममा धेरथोर सक्रिय देखिन्थे । ‘बाहिरबाट हेर्दा दाजुभाइको सम्बन्ध उतिसाह्रो बिग्रिएको पनि देखिन्थेन’गणपतिले भने, ‘तर परिवारभित्रको समस्या बाहिरकालाई थाहा थिएन ।’

राजुका अनुसार स-साना पारिवारिक र कारोबारका कुरामा गौतमले बारम्बार परिवारमा किचलो मच्चाइरहन्थे । भाइको किचलोबाट परिवारको शान्ति विथोलिएको र सबैजना आजित भएको राजुको भनाइ थियो । त्यही किचलो र तारन्तारको हैरानी खेप्न नसकेर उनी भाइसँग आजित भइसकेका थिए ।

बुधबार दिउँसो गौतम आफ्नै कोठामा ढोका ढप्काइ उत्तानो परेर सुतेका थिए । साढे दुई बजेतिरको कुरा हो । पत्नीलाई पसल छोडेर राजु भाइको कोठामा पुगे । त्यतिबेला उनको दिमागका के कुरा खेलिरहेको थियो उनै जानुन् । राजुले दाँयाबायाँ हेरे । छेवैमा एकतिर खन्तीजस्तो धार भएको मार्तोल फेला पारे । दाँयाबायाँ केही सोचेनन् र भकाभक भाइको टाउकोमा प्रहार गरिरहे । रगतपिच्छे भएर गिदी नै निस्केपछि उनी कोठाबाट बाहिर निस्के ।

आफ्नो कोठाभित्र रहेको ट्वाईलेटमा गएर मार्तोल धोए । सेतो ज्याकेट सर्फमा हालेर मज्जाले धोएर सुकाए । घर बाहिर निस्केर चिया खाए । त्यसपछि के गरौं र कसौं गरौं हुँदै बसपार्क गएर गाडी चढे । सिनामंगल पुगेपछि दिमागमा के के तर्कना आयो र राजु फर्केर कालीमाटीमा साथीलाई भेट्न आए । भाइको हत्यापछि आफू पनि मर्छु भन्ने सोचेका राजुले आफूलाई त्याग्न सकेनन् ।

गणपतीलाई सबै कुरा सुनाएपछि राजुले भने, ‘मेरो कारणले परिवारलाई दु:ख नहोस् । मलाई प्रहरीकहाँ लगिदेउ । आत्मसर्मपण गर्छु ।’गणपतीलाई ठ्याक्कै दस बजेपछि राजुलाई लिएर जनसेवा प्रहरीमा बुझाइदिए । प्रहरीले राति साढे एक बजे राजुको घर पुगेर मुचुल्का उठायो र भाइको शव निकाल्यो । जनसेवाका डिएसपी सन्तोष आचार्यका अनुसार घरायसी आर्थिक विवाद नै हत्याको मुख्य कारण रहेको देखिन्छ । प्रहरीका अनुसार सगोलको परिवारको नाममा रहेको जग्गा बेच्नका निम्ति उनीहरुले बैना बुझिसकेका थिए । तर, बैना बुझे पनि उनीहरुले जग्गा पास गरेर दिएका थिएनन् । जग्गा बेच्न नहुने पक्षमा भाइ गौतम थिए र यही विषयमा परिवारमा किचलो चलिरहेको थियो । बैना बुझाउने पक्ष भने छिटो जग्गा पास गरिदिनु पऱ्यो भन्दै दाइ राजुलाई दबाब दिइरहेका थिए ।

प्रहरीका अनुसार पछिल्लो विवादको मुख्य कारण यही जग्गा भएको देखिन्छ । जनसेवाले बिहीबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरेर राजुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ । 

शिशिर पन्तीको ‘अधुरा प्यार’ को सुटिङग जनकपुरमा


युवा गायक शिशिरपन्ती ठाकुरको स्वरमा सजाइएको गीति एल्बम ‘अधुरा प्यार’ को सुटिङग जनकपुरमा सुरु भएको छ । 
एक दर्जन भन्दा बढी गिती एल्बम एवम भोजपुरी चलचित्रमा समेत काम गरिसकेका शिशिरपन्तीले यो एल्बमका गीतहरु युवा पुस्ताको लागि मार्मिक र मन पर्ने खालको सजाइएको बताए । 
ललित अग्रवालको निर्माण तथा फूल कुमारको निर्देशनमा गीति एल्बमको भिडियो सुटिङग जनकपुरमा थालिएको बताइएको छ । 

भारतको माँ जानकी सिरिजको प्रस्तुतिमा निर्माण गरिएको उक्त भोजपुरी गीति एल्बममा ‘ खाल कसम तु भुला न जहिह सनम’ बोलको गीतले बजारमा धुम मच्चाउने निर्माण पक्षले दाबी गरेको छ ।

अनशन स्थगन गरेर तराई झरेका डा केसी दलित बस्तीमा उपचार गर्दै


भाद्र ९, २०७४- हातमा केनुला लगाएकै अवस्थामा प्रा डा गोविन्द केसी यहाँको दलित बस्तीका बाढीपीडितलाई शुक्रबार स्वास्थ्य उपचार सेवा दिइरहेका छ्न् । अनुहार र शरीर पसिनाले भरे पनि केसीको अनुहारमा एउटा अनौठो मायालाग्दो भाव देखिन्छ । उनले ११ औं पटकको अनशन २३ औं दिनमा स्थगन गरेपछि ९ दिन मात्र आराम गरेर स्थानीयको उपचारको लागि पुगेका हुन् ।

यहाँको स्थानीय पौडा, वान्द्रा खोलाको पानी बस्तीको हरेक घरमा पसेको थियो । हाल स्थिति सामान्यतर्फ फर्कन लागे पनि स्थानीय बाढीको भोगाईले थलिएका छन् ।
डा केसी बिहीबार यहाँ आएका हुन् । आउनुअघि उनलाई पेट दुखाईको समस्या देखिएपछि केही घन्टाको उपचार विश्रामपछि उनी दिउँसो गन्तव्यतिर लागेका हुन् ।

बिहीबार राति कञ्चनरूपको बसाईस्थलमा उनलाई पानि चढ़ाइएपछि शुक्रबार बिहानदेखि स्वास्थ्य उपचारमा लागिपरेका छ्न् ।

डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्यता रहेको यो बस्तीको जनसंख्या करिब साढे ४ हजार छ । स्थानीय ७४ वर्षीय भोला चौधरी बाढीको समय लडेर खुट्टामा आएको चोट पटकको उपचार गराएर औषधि समेत लिएर फर्के । उनले आफू डा. केसीको नाम पहिलेदेखि नै सुनेको र आज भेट्न पाएको बताए ।

हाल स्वास्थ्य शिविरमा करिब ५०० जनाको भीड छ ।

डा केसीले उपचारपछि दलित समुदायका महिला, बालबालिका, बूढापाकाहरूलाई घोती, सारी, लुगाफाटा चकलेट समेत दिने गरेका थिए ।

देउवा ‘रेकर्ड ब्रेक’ को नजिक



काठमाण्डु ।प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल गठन गर्ने आफनाो पुरानो ‘रेकर्ड’लाई उछिन्दै नयाँ किर्तिमान बनाउने भएकाछन । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

गणतन्त्रमा पनि यस्तो रेकर्ड उनले नै बनाएका हुन । प्रधानमन्त्री देउवाले चौथो पटक बिस्तार गरेको मन्त्रीमण्डलमा अब ५० सदस्य पुगेकाछन । चारवटा मन्त्रालय अझै  मन्त्रीको प्रतिक्षामा छन । उनले पछिल्लो पटक आफनो दल नेपाली काँग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक पार्टीबाट ३ गरी १५ राज्यमन्त्रीको मंगलबार सपथ गराएका छन ।

५ दिने भारत भ्रमणको पूर्ब सन्ध्यामा उनले ५० सदस्यीय मन्त्रीमण्डल गठन गरेकाछन । गणतान्त्रिक सरकारमा सबै भन्दा ठूलो मन्त्रीमण्डल उनले गठन गरेका हुन । यस अघि बहुदलिय व्यवस्थामापनि सबै भन्दा ठूलो मन्त्रीमण्डलको किर्तिमान उनको नाउँमा रहेकोछ । त्यो अब भत्किने छैन ।



प्रधानमन्त्री

१  श्री शेरबहादुर देउवा–उद्योग स वन तथा भू–संरक्षण  विज्ञान तथा प्रविधि र 
   शान्ति तथा पुननिर्माण  


उपप्रधानमन्त्री
२  श्री विजयकुमार गच्छदार–सङ्घीय मामिला तथा स्थानीय विकास  
३  श्री कृष्णबहादुर महरा परराष्ट्र
४  श्री गोपालमान श्रेष्ठ शिक्षा 


मन्त्री
५  श्री गिरिराजमणि पोखरेल–स्वास्थ्य
६  श्री ज्ञानेन्द्रबहादुर कार्की –अर्थ
७  श्री फरमुल्लाह मन्सुर –श्रम तथा रोजगार
८  श्री जनार्दन शर्मा – गृह
९  श्री प्रभु शाह – सहरी विकास
१० श्री जितेन्द्रनारायण देव –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  
११ श्री गोपाल दहित –भूमिसुधार तथा व्यवस्था
१२ श्री मोहनबहादुर बस्नेत –सूचना तथा सञ्चार
१३ श्री रामकृष्ण यादव –कृषि विकास
१४श्री महेन्द्र यादव –खानेपानी तथा सरसफाई  
१५ श्री अम्बिका बस्नेत –सहकारी तथा गरिबी निवारण
१६ श्री वीरबहादुर बलायर–भौतिक पूर्वाधार तथा यातायात –
१७ श्री मीनबहादुर विश्वकर्मा –वाणिज्य  
१८ श्री यज्ञबहादुर थापा –कानुन, न्याय, तथा संसदीय मामिला
१९ श्री भीमसेनदास प्रधान –रक्षा
२० श्री सञ्जयकुमार गौतम –सिँचाइ
२१ श्री राजेन्द्रकुमार के.सी.–युवा तथा खेलकुद –
२२ श्री टेकबहादुर बस्नेत –सामान्य प्रशासन
२३ श्री शिवकुमार मण्डल केवट –आपूर्ति  
२४ श्री महेन्द्रबहादुर शाही –ऊर्जा  
२५  श्री आशा कोइराला –महिला, बालबालिका तथा समाजकल्याण
२६  श्री सन्तकुमार थारु –पशुपंक्षी विकास
२७  श्री मिथिला चौधरी –जनसंख्या तथा वातावरण


राज्यमन्त्री
२८  श्री मोहम्मद जाकिर हुसेन –महिला, बालबालिका तथा समाजकल्याण
२९  श्री रामसिंह यादव–स्वास्थ्य
३०  श्री श्यामकुमार श्रेष्ठ –गृह
३१  श्री शम्भुलाल श्रेष्ठ –ऊर्जा
३२  श्री कर्णबहादुर बि.क. –आपूर्ति
३३  श्री छमबहादुर गुरुङ –सहरी विकास
३४  श्री गोमा कुवर –पशुपंक्षी विकास
३५  श्री वाङदी शेर्पा –सामान्य प्रशासन
३६  श्री सीता गुरुङ –भौतिक पूर्वाधार तथा यातायात
३७  श्री सरिता प्रसाई –कृषि विकास
३८  श्री शेषनाथ अधिकारी –शिक्षा  
३९  श्री नरबहादुर चन्द –वाणिज्य
४०  श्री अब्दुल रज्जाकगद्दी –खानेपानी तथा सरसफाई  
४१  श्री तप्तबहादुर विष्ट–सूचना तथा सञ्चार
४२  श्री अमरसिंह पुन –सिँचाइ
४३  श्री दिलमान पाख्निन –कानुन, न्याय, तथा संसदीय मामिला
४४  श्री उदयशम्सेर राणा –अर्थ
४५  श्री डिल्लीबहादुर चौधरी –श्रम तथा रोजगार  
४६  श्री तेजुलाल चौधरी –युवा तथा खेलकुद  
४७  श्री चम्पादेवी खड्का –सहकारी तथा गरिबी निवारण
४८  श्री जनकराज चौधरी –सङ्घीय मामिला तथा स्थानीय विकास  
४९  श्री सुमित्रा थरुनी –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५०  श्री यसोदा कुमारी लामा –भूमिसुधार तथा व्यवस्था

Thursday, August 24, 2017

नेपालले संविधान संशोधन गर्नुपर्छ भन्ने भारतीय पोजिसन बदलिएको छैन : भारतीय विदेश सचिव


भाद्र ८, २०७४- मधेस केन्द्रित दलहरुको माग र संविधानको संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको विषयमा जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा जयशंकरले भने ,‘समाजका सबै तह र तप्कालाई समेटेर अगाडी बढ्ने प्रयासलाई नेपालले जारी राख्नुपर्छ भन्ने हाम्रो पोजिसन हो ।’ 

उनले प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेस केन्द्रित दलहरुको मागको बारेमा आफ्ना धारणहरु सेयर गरेको समेत बताए । उनले संविधान कार्यान्वयनमा बृहत सहभागिता भएमा त्यसले स्थिरता, एकता र नेपालको समृद्धिमा सहयोग पुर्‍याउने बताए ।

भारत र चीनको दोक्लममा बढेको द्वन्द्वको बिषयमा देउवाको भ्रमणको विषयमा कुनै पनि कुराकानी नभएको उनले दाबी गरे । ‘हिजो र आज भएका दुवै भेटमा यस विषयमा कुनै पनि कुराकानी भएन,’ उनले भने । कालापानीको विषयमा पनि कुराकानी भयो भनी सोधिएको प्रश्नको उनले उत्तर नै दिएनन् ।

लामो समयदेखि सार्कको आसन्न शिखर सम्मेलन अनिश्चित छ । सार्कको अध्यक्ष भएको नाताले नेपालले यो विषय राख्ने अपेक्षा गरिएको थियो तर सार्क सम्मेलनको बारेमा कुनै पनि कुराकानी नभएको उनले बताए । पत्रकार सम्मेलनको आफ्नो भाषणमा भने प्रधानमन्त्री देउवाले सार्कको उल्लेख गरेका थिए ।

भारतीय विदेश सचिवले नेपालको तराई र बिहारमा गएको बाढीको वारेमा समेत छलफल भएको बताए । उनले यसलाई नियन्त्रण गर्नको लागि समन्वय गर्ने, संयुक्त अनुगमन गर्ने र दीर्घकालिन समाधानको वारेमा छलफल भएको बताए । उनले बाढीबाट नेपाल र बिहार दुवै पीडित भएको बताए । 

सुरक्षा र डिफेन्सको विषयमा समेत दुईपक्षीय भेटघाटमा बिस्तृतमा छलफल भएको उनले बताए । ‘खुला सिमानाको दुरुपयोग हुनेसक्ने भएकाले थप कदम चाल्नुपर्छ र सर्तकता अपनाउनुपर्छ भन्ने विषयमा कुराकानी भयो’, उनले भने । 

खुला सिमानाले अर्काे पक्षको सुरक्षामा असर नगरोस भन्ने विषयमा कुराकानी भएको भारतीय सचिव जयशंकरले बताए । 

जयशंकरले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा तालिम प्रदान गर्ने विषयमा समेत भारतले जोड दिएको बताए ।


पत्थरी झिक्ने भन्दै मिर्गौला झिकेको आरोप


काठमाडौँ । मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । 

मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिल गर्नुभएको छ ।
बिरामीले आफ्नो मिर्गौलाको अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि न्याय दिलाउन सबैसामु सहयोग गर्न अपिल गरेका छन् ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा जानुभएको थियो ।

चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी भर्ना गरेर २५ गते शल्यक्रिया गरेको थियो रिमालले भन्नुभयो, “पत्थरी झिक्दा मिर्गौला पनि झिकिएको रहेछ, मलाई थाहा भएन, म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर छ बुँदे सम्झौता भएको रहेछ, मैले डिस्चार्ज भएर घर गएपछि मात्र थाहा पाए ।”

बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नुअगाबै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताउनुभयो ।

अस्पतालका पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएका अस्पतालका संयोजक डा रामकुमार अधिकारीले भने बिरामीलाई पहिले नै सबै जानकारी गराइएको बताउँदै अहिले आएर बार्गेनिङ गर्ने बहाना भएको बताउनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “शल्यक्रिया गर्ने व्यक्ति नेपालकै अनुभवी चिकित्सक प्राध्यापक गुणकुमार श्रेष्ठले गर्नुभएको हो, लापर्बाही भएको होइन, मिलिसकेको कुरा अहिले आएर किन उठ्यो, धेरै कारण हुनसक्छ, राजनीतिक विषय पनि जोडिएको हुनसक्छ ।”

अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्नुपरेकाले बिरामीको आफन्तको सहमति रहेको भनी उल्लेख गरेको छ ।

मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ । 

गत जेठ २८ गते सम्झौता भएको पत्रमा मिति उल्लेख भए पनि बिरामीका श्रीमती रन्जु रिमालले भने सम्झौतापत्रमा असार ४ गते मात्र हस्ताक्षर भएको बताउनुभयो ।

  उहाँले भन्नुभयो, “शल्यक्रिया भएपछि मिर्गौला पनि झिकिसकेको रैछ, असार ४ गते मात्र ८, ९ जनाले घेरेर तपाईको श्रीमान्को मिर्गौला झिकेको छ, यो सम्झौतामा हस्ताक्षर गर्नुस् नत्र बिरामीको ज्यान जान्छ भनेर त्यो बेला क्यै थाहा भएन, हस्ताक्षर गरेँ, समय किन अघि सारेका हुन् भन्ने पनि त्यो बेला ख्याल भएन ।”

बिरामीले रिमालले डिस्चार्ज भएपछि पनि ४ पटक अस्पताल प्रशासनसँग आएर बुझ्दा सञ्चारमाध्यममा गए सबै सम्झौता रद्द हुने चेतावनी दिएको गुनासो गर्नुभयो । 

दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जनाको मृत्यु


भाद्र ८, २०७४- पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा भएको मोटरसाइकल दूर्घटनामा चार जनाको मृत्यु भएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको पर्रोहा बस्ने २१ वर्षीय खेमराज थापा, नवलपरासीको रामग्रामका २५ वर्षीय सुरज चौधरी, नवलपरासी सुनवलका २४ वर्षीय दिवाकर यादव र बुटवल १६ का २४ वर्षीय सुमन कुँवर रहेका छन् । खेमराज र सुरज मोटरसाइकलका चालक हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार २ जनाको  देवदह मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्त दुईविपरीत दिशाबाट आइरहेका लु २३ प, १०२८ नं को मोटरसाइकल र लु ३३ प, ७०८३ नं को मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

फेरी अनसन बस्ने डा. केसीको चेतावनी


काठमाण्डु । डाक्टर गोविन्द केसीले सरकारले काठमाण्डु नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरे फेरी अनसन बस्ने चेतावनी दिएका छन् । त्रिविले सर्वोच्चको आदेशलाई देखाएर सुटुक्क नेसनललाई सम्बन्धन दिएको हालै मात्र सार्वजनिक भएको छ ।

चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने सहमति विपरित सरकारले सो कलेजलाई सम्बन्धन दिएपछि डा. केसीले फेरि आमरण अनसनसहित आन्दोलन थाल्ने चेतावनि दिएका हुन् । उनले एक विज्ञप्ती जारी गर्दै राज्यको निकायले गर्न सक्ने योभन्दा लज्जास्पद र गैर–जिम्मेवारीपूर्ण काम अरु नभएको जिकिर गरे ।

चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै मेडिकल कलेज नखोल्ने सम्झौताविरुद्ध परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने वैध बाटो बाँकी नरहेको डा. केसीको तर्क छ । डा. केसीले सम्बन्धनको निर्णय खारेज नगरिए सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

साथै त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल आईओएममा फर्काउन तथा संसदमा हाल विचाराधीन चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदन र हाम्रा मागहरुसमेत समेटेर यथाशीघ्र पारित गर्न माग गरेको छ । तर, यथास्थितिमा विधेयक पारित गरिए मान्य नहुने समेत उनको भनाइ छ ।

जोगबनी नाकामा आयात–निर्यात ठप्पै, हजारभन्दा बढी मालबाहक साधन रोकिए


भाद्र ९, २०७४- भारतको पटनास्थित ‘ल्यान्ड कस्टम’कार्यालयबाट फरक नाका प्रयोग गर्ने अनुमति नआउँदा पाँच दिनदेखि ठप्प आयात–निर्यात अझै सञ्चालन हुन सकेको छैन ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै जोगबनीबाट हुने आयात–निर्यात भीमनगर हुँदै भन्टाबारी छोटी भन्सारबाट खुला गर्ने सहमति भारतीय पक्षसँग भएको दाबी गरेका थिए । तर, भारतीय अधिकारीहरुको स्वीकृति नआएकाले भारततर्फ रोकिएका सयौं मालबाहक साधनमध्ये शुक्रबारसम्म एउटै गाडी पनि नेपाल प्रवेश गर्न पाएको छैन । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत आइतबारदेखि मालबाहक कन्टेनर, ट्रक नेपाल प्रवेश गर्न पाएका छैनन् ।

साताअघि आएको बाढीले सीमावर्ती नाका भारतको जोगबनी आउने रेलको पटरी बगाएको अनि मिरगंजघाटस्थित पुलमा क्षति पुगेपछि सवारी साधन सञ्चालनमा भारतीय प्रशासनले रोक लगाएको थियो । त्यसयता आयात–निर्यात हुन सकेको छैन ।

तत्कालका लागि पूर्वक्षेत्रमा आयात निर्यात सहज बनाउन वैकल्पिक रुपमा भीमनगर–भण्टाबारी छोटी भन्सारबाट ल्याउने विषयमा बुधबार सहमति भएको संगठन र संघले विज्ञप्तिमार्फत जानकारी गराएको थियो । विज्ञप्तिमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त पहलमा नेपाल सरकारको तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, विराटनगर भन्सारका अधिकृत र भारत सरकारका तर्फबाट जोगबनी भन्सारका डेपुटी कमिशनर पवन कुमारबीच सहमति भएको जनाइएको थियो ।

स्थानीयस्तरमा मात्र सहमति गरेर नहुने, यसका लागि भारतीय भन्सारको माथिल्लो निकायबाट अनुमति आउनुपर्ने भएकाले फरक नाका प्रयोगमा आउन नसकेको हो । पटनास्थित भन्सार विभागबाट स्वीकृति आएर जोगबनी भन्सारलाई जानकारी भएपछि मात्र भीमनगर हुँदै मालबाहक साधन ल्याउने प्रक्रिया खुला हुने जनाइएको छ । 

जोगबनी क्षेत्रमा हजारभन्दा बढी मालबाहक साधन थान्को लागेर बसेका छन् । औद्योगिक कच्चापदार्थ र अन्य सामान ती साधनमा छन् ।

भारतीय पक्षले पुल मर्मत गर्न दुई साता लाग्ने जनाएको छ । यसै गरी पटरी मर्मत गरी रेलसेवा सञ्चालन हुन एक महिना लाग्न सक्ने भारतीय अधिकारीहरुले जनाएका छन् ।


बाढीपीडित दलितहरुलाई त्रिपाल र झुल वितरण



महोत्तरी । जिल्लाको मटिहानीका बाढीपीडित दलितहरुलाई आई.एससी. फोरेस्ट्री (टियु) ब्याच नं. २०५०–२०५२ ले एक–एक थान त्रिपाल र झुल वितरण गरेको छ ।

बेचन कुमार महतोको नेतृत्वमा आई.एससी. फोरेस्ट्री (टियु)ले मटिहानी वडा नं. ४ र ५ का ६० जना बाढीपीडित दलित परिवारलाई एक–एक थान झुल र त्रिपाल वितरण गरेको हो ।

राम उच्च माध्यमिक विद्यालयमा बुधबार आयोजित राहत वितरण कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो । ६० हजार रुपैयाँबराबरको राहत सामग्री वितरण गरिएको संयोजक महतोले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीचको औपचारिक भेटवार्ता सकियो


भाद्र ८, २०७४- प्रधानमन्त्री शेबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको टोलीबीच बिहीबार भएको औपचारिक भेटवार्ता सकिएको छ । वार्तापछि नेपाली र भारती पक्षबीच अाठ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

समझदारी पत्रको अाठ बुँदामा चारवटा भूकम्प पछिको पुनर्निर्माणको बारेमा रहेको छ। स्रोतका अनुसार भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी बुँदामा यसअघि भारतले पुनर्निर्माणका लागि दिने भनिएको सहयोगको कार्यन्वयन सम्बन्धी रहेको छ । 

भूकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

त्यसैगरी अन्य तीनवटामा मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।

बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटपछि नेपाली र भारतीय पक्षबीचको औपचारिक भेटावार्ता सुरु भएको थियो । ११ बजेदेखि १२ बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे १ बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो । 

वार्ताका क्रममा नेपाली पक्षमा प्रधानमन्त्री देउवासंगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिएभने भारतीय पक्षमा प्रधानमन्त्री मोदीसंगै विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललगायतका सहभागिता रहेको थियो ।

प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार दिउँसो पनि ‘आकस्मिक’ भेटवार्ता भएको थियो । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिस्तृतमा छलफल हुने आफ्नो ट्वीटरमा उल्लेख गरेका थिए । 

जनकपुरमा महिलाहरुको कपाल काट्नेहरुको पर्दाफास



जनकपुरधाम ।तराईका जिल्लाहरुमा महिलाहरुको कपाल काटिएको घटना प्रहरीका लागि टाउको दुखाई बनेकोछ । ‘घटना भएको यथार्थपरक रिर्पोटहरु आएकाछन’जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रमुख शुभाष चन्द्र चौधरीले भने–कपाल काटिनेमा संलग्नहरुको कुनै पत्तो लागेको छैन ।अनुसन्धान भइरहेको उनले बताए ।

धनुषामा ३ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोछ ।जनकपुर उपमहानगर पालिका–१५ बस्ने चन्देश्वर दासकी ३५ वर्षिया पत्नी सुधादेवी दासको मंगलबार दिउँसो करिब २ बजे घरमै सुतेको बेला टाउकोको बीचको कपाल काटिएकोछ ।

पिडित दास अस्पतालमा भर्ना भएको केहि समयपछि घर फर्केको प्रहरीले जनाएकोछ । सोमवार राती धनुषाको इटहर्वा–१० बस्ने १६ वर्षिया सुसमिता पासवान र शनिवार धनुषाको विदेह नगरपालिका १० बस्ने सितल मण्डलकी १५ बर्षिय छोरी माला कुमारी मण्डलको कपाल काटिएको थियो ।

Friday, August 18, 2017

भारतीय र चिनियाँ सैनिकबीच झडप



भाद्र १, २०७४- भारतीय र चिनियाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ । पेङगोङ तालनजिकैको भारतीय सीमा क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गर्ने प्रयास गरेपछि मंगलबार झडप भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ ।
त्यस क्रममा ढुंगा हानाहान भएको र दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । तर बेइजिङले भने आफ्ना सैनिक चिनियाँ भूमिभित्रै रहेको स्पष्ट पारेको छ । चीन, भुटान र भारतको त्रिदेशीय सीमा दोक्लामका विषयमा भारत र चीनबीच तनाव जारी रहेका बेला कश्मीरको सीमावर्ती क्षेत्रमा झडप भएको हो ।
सैनिक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार चिनियाँ सैनिकको प्रवेश प्रयासलाई रोक्न भारतीय सैनिकले मानव साङलो निर्माण गरेका थिए । हिन्दुस्तान टाइम्सले जनाएअनुसार भारतीय सैनिकले चिनियाँ सैनिकलाई पछि हट्न भनेपछि दुवै पक्षबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि ढुंगा हानाहान भएको र एक घण्टापछि चिनियाँ सैनिकहरू पछि हटेको जनाइएको छ । तर घाइते सैनिकको स्थितिको विवरण भने सार्वजनिक भएको छैन । भारतमा स्वतन्त्रता दिवस मनाइरहँदा मंगलबार बिहान ६ देखि ९ बजेको बीचमा उक्त घटना भएको थियो । चिनियाँ सैनिकहरू ‘फिङगर फोर’ र ‘फिङगर फाइभ’ भनेर चिनिने क्षेत्रबाट भारतीय सीमामा प्रवेश गर्ने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक अधिकारीले भने झडप भएको भनी सञ्चारमाध्यममा आएका विषयलाई पुष्टि गर्ने या अस्वीकार गर्ने कुनै टिप्पणी गरेनन् । तर उनले भने, ‘यस्ता घटना हुन्छन्, यो पहिलो होइन ।’

एक भारतीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उक्त झडप सामान्य थियो भने छोटो समयमै नियन्त्रणमा आएको थियो । ‘यो एउटा सामान्य झडप हो, यसबाट दुवैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ,’ आफ्नो नाम नबताउने सर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपीलाई बताए । यस घटनापछि भारतीय र चिनियाँ सेना आ–आफ्नो ‘डयुटी’ मा खटिइसकेको पनि उनले बताए । चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारिक वक्तव्यमा भारतीय पक्षले आफ्नो भूमिमा रहेका सबै सैनिक र उपकरण तत्काल र नि:सर्त फिर्ता गर्नुपर्ने माग गरेको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्तिमा भारत र चीनबीचको सीमा क्षेत्रमा साझा वास्तविक नियन्त्रण रेखा (एलएसी) नभएको जनाएको छ । एलएसीका विषयमा फरक बुझाइका कारण उत्पन्न परिस्थिति सीमा रेखाका विषयमा सहमति गरी रोक्न सकिने मन्त्रालयको भनाइ छ ।

लद्धाख क्षेत्रका विषयमा दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ । उक्त क्षेत्रलाई चीनले आफ्नो भूमि दाबी गर्दै आएको छ । सीमाका रूपमा रहेको पेङगोङ तालको दुईतिहाइ भाग चीनको र बाँकी भाग भारतको नियन्त्रणमा छ ।

‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’


भाद्र २, २०७४- दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन् । कार्यकालको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुनले प्योङयाङमाथि दक्षिण कोरियाको सहमतिमा मात्रै सैनिक कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धता जनाएको बताए । ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाले गुआममा आक्रमण नगरेर बुद्धिमान् निर्णय गरेको उल्लेख गरेका छन् ।

मुनले उत्तर कोरियाले क्षेप्यास्त्र र परमाणु हतियार परीक्षण रोके वार्ता गर्न विशेष दूत पठाउन सकिने जनाए । ‘देश निर्माण गर्न मानिस मिलेर काम गरे । हामीहरू युद्धका कारण फेरि केही गुमाउन चाहँदैनौं ।’ मुनले भने, ‘त्यसैले कोरियन प्रायद्वीपमा फेरि युद्ध हुँदैन ।’ 

मुनले वार्ताका लागि वातावरण बनाउन उत्तर कोरिया इमानदार हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका लागि वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।’ उनले विगतका वर्षहरूका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रूपमा अघि बढ्न आफू तयार रहेको बताए । 

मुनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरलाई दबाब दिने उद्देश्यले सैनिक चेतावनी दिएको बताए । उनले प्योङयाङलाई वार्ताका लागि बाध्य पार्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत प्रतिबन्ध लगाएको दाबी गरे । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा तनाव मत्थर पार्न प्रयास गरिरहेका छन् । यसअघि उनले कोरियाली प्रायद्वीपले अर्को युद्ध धान्न नसक्ने बताएका थिए । उनले अमेरिकालाई उत्तर कोरियामा आफ्नो सहमतिबिना कुनै पनि आक्रमण नगर्न आग्रह गरेका थिए ।

उत्तर कोरियाले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना पूरा भएको बताएसँगै कोरियाली प्रायद्वीपमा तनाव बढेको हो । प्रतिउत्तरमा ट्रम्पले अमेरिकी सेना पनि आक्रमणको जवाफ दिन तम्तयार रहेको बताएका थिए । उनले अमेरिकामाथिको आक्रमण नतिजा विश्वकै सबैभन्दा भीषण आक्रमण हुने चेतावनी दिएका थिए । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको आक्रमणले पूर्णरूपको युद्ध सुरु हुने बताएका थिए । 

सन् १९५० देखि तीन वर्षसम्म चलेको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई पुनर्मिलन गराउन रेडक्रसले वार्ता प्रस्ताव गरेको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोममा वार्ता गर्न आह्वान गरेको थियो । तर उत्तर कोरियाले हालसम्मका वार्ता प्रस्तावबारे कुनै जवाफ दिएको छैन ।  

पछिल्लो समय दक्षिण कोरियाली राष्ट्रपतिको प्रस्तावबारे हालसम्म उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन् । दुई कोरियाबीच सन् २०१५ को अक्टोबरपछि कुनै वार्ता नभएका कारण युद्धताका छुट्टिएका परिवारका सदस्यको पुनर्मिलन हुन सकेको छैन । युद्धका कारण दुवै देशका ६० हजारभन्दा बढी मानिस अलग भएका थिए । 

वार्ता नै उत्तम विकल्प : चीन

बेइजिङ (सिन्हवा)– चीनले कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्य गर्न वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिएको छ । चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष फान च्याङ्लङले अमेरिकी जलसेनाका जर्नेल जोसेफ डनफर्डसँगको भेटमा कोरियाली तनाव अन्त्यको सैनिक समाधान उपयुक्त नहुने बताएका हुन् । उनले अमेरिकी पक्षलाई चीनसँग सहकार्य गरी कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व समाधान गर्न आग्रह गरे । डनफर्डले डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो उच्च सैनिक भ्रमण गरेका हुन् ।

नेपालको हार


भाद्र २, २०७४- जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार जापानको पाँचौं श्रेणीको एमिती स्पोर्ट्स क्लबसँग ५–० को हार बेहोरेको छ ।

दोस्रो रोजाइको टोली उतारेको नेपालले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल खाएको थियो । पहिलो खेलमा गाम्बा ओसाका यू–२३ सँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा क्वान्सेई गाकुन विश्वविद्यालयलाई २–१ ले हराएको थियो । 

नेपाली टोलीले शुक्रबार हनान विश्वविद्यालयसँग खेल्नेछ । एएफसी एसियन कपको छनोट चरण तयारीलाई नेपाली टोली जापान पुगेको हो । नेपालले छनोट चरणअन्तर्गत भदौ २० मा ताजकिस्तानसँग खेल्दै छ ।