ad1

Thursday, August 17, 2017

आज संशोधन प्रस्ताव


काठमाण्डु ।राष्ट्रिय जनता पार्टी(राजपा)को  आग्रहमा  सरकारले मंगलबार  संशोधन  प्रस्ताव अगाडी  बढाउने भएकोछ । राजपाका महासचिव मनिष सुमनले भने–सरकारले संशोधन प्रस्तावलाई संसदमा छलफलका लागि प्रस्तुत गर्ने जनाएकोछ ।

प्रस्ताव पारितका लागि दुई तिहाई चाहिन्छ ।सरकार र उसको समर्थक दलहरुको संख्या दुई तिहाई नजिक भएपनि गन्तीमा पुग्ने स्थिति छैन ।तर राजपाका नेताहरु संशोधन निर्णयार्थ प्रस्तुत भए पास हुने विश्वासमा छन ।

‘संशोधन प्रस्ताव पास हुनेमा हामी विश्वस्त छौ’ महासचिव सुमनले भने–सरकारले संसदमा पेश गरेपछि निर्णय जे भएपनि मान्छौ ।‘संशोधन प्रस्ताव पेश भएपछि हामीपनि चुनावको तयारीमा जुटन सक्छौ’ उनले भने–संशोधन प्रस्ताव छलफलको चरण पार गरेपछि बिहिबार निर्णायार्थ प्रस्तुत हुने संभावना छ ।

राजपाका लागि चुनावमा जान अर्को तगारो छाता छाप भएकोछ ।निर्वाचन आयोगले छाता छाप चुनाव चिन्ह दिन नमिल्ने बताउँदै आएकोछ ।हुनत चुनावमा जान पुराना दलहरु मध्येको तराई मधेश सदभावना पार्टीको किसान छाप अथवा राष्ट्रिय मधेश समाजवादी पार्टीको साइकल छाप मध्ये एउटा रोज्न सक्छ ।

यि दुबै चुनाव चिन्ह प्रदेश नम्बर २ को सबै जिल्लामा दर्ता छन ।तर अन्य चारवटा दलका चुनाव चिन्ह सबै जिल्लामा दर्ता छैन ।संशोधन प्रस्ताव संसदको छलफलमा गएपछि मात्र चुनावको कुरा हुने भएकाले अहिले चिन्हको समस्या नभएको महासचिव सुमनले जनाए ।

हुनत छाता छाप चुनाव चिन्हमाथि सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधिन छ ।मुद्दाको अन्तिम किनारा नलागे सम्म निर्वाचन आयोगले पनि निर्णय गर्न सक्दैन । राजपा यस अघि भएको दुई चरणको चुनावमा सहभागि भएको थिएन ।संशोन प्रस्ताव अगाडी बढे चुनावमा जाने सहमति सरकारसित गरेकोछ ।



No comments:

Post a Comment